तुलसीपुर, ११ भदौ । नयाँ शक्तिका प्रबक्ता प्रशान्त सिंहले अहिलेको स्थायी सरकारले सन्तोषजनक काम गर्न नसकेको बताए । बिगतका बर्षहरुमा पटक पटक सरकार फेरिरहने अबस्था हुँदा सोँचे जस्तो बिकास हुन नसकेको अबस्थामा स्थिर सरकारले पनि सन्तोषजनक काम गर्न नसकेको उनले बताए ।‘बर्तमान सरकारले दुई तिहाई बहुमत प्राप्त गरेको छ, स्थिर सरकार निर्माण भएको छ’उनले भने‘ तर ६ महिनामा एउटा कुनै राम्रो काम गरेको देखाउन सकेको छैन् । अहिलेको सरकारले काम भन्दा पनि बढि आस्वासन दिएको उनले बताए ।
रिपोर्टस् क्लब दाङको अयोजनामा सोमबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा नयाँ शक्ति प्रदेश नम्बर ५ का ईञ्चार्ज नबराज सुवेदीले मुलुक तेस्रो चरणको ऐतिहासिक युगमा आएको बताए । पहिलो ऐतिहासिक चरणमा पृथ्वीनारायण शाहले मुलुक एकीकरण गरेका, दोस्रो ऐतिहासिक चरण लोकतन्त्र संस्थागत गर्न गरिएका आन्दोलन र अहिलेको चरण मुलुकमा जारी नयाँ संबिधान कार्यान्वयनको चरण रहेको उनले बताए ।