Indrenionline.com

बजाजको ट्विन डिस्क १५० बजारमा

घोराही, २८ साउन । बजाज कम्पनीले ट्विन डिस्क १५० सिसि नया“ पल्सर वाईक घोराही बजारमा ल्याएको छ ।

राप्ती अटो इञ्जिनेरिङ (बजाज) घोराहीले आइतवार विशेष कार्यक्रम गरी नया“ वाईक लञ्च गरेको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले बेलुन फुटालेर, वाइक स्टार्ट गरी शुभारम्भ गरेका थिए ।

आफ्नो वाइक चढ्ने रहर बजाज बाटै शुरु भएको कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले सन्तुष्टिको अनुभव सुनाए ।पहिलो दिन बुकिङ गर्नेलाई दुई हजार पा“च सय नगद सहित हेलमेट र लेकगार्ड छुटको व्यवस्था गरिएको राप्ती अटो इन्जिनेरिङका प्रोप्राईटर बलदेव योगीले बताए ।