इन्द्रेणी संवाददाता
दाङ, २५ साउन । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गोरक्ष राष्ट्रिय दैनिक १४ बर्षमा प्रवेश गरेको छ । आज शुक्रवार पत्रिकाले घोराहीमा एक कार्यक्रमको आयोजना गरी १४ औं वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं पत्रिकाका सम्पादक विपुल पोख्रेलले पत्रिकालाई जनताको आवाजका रुपमा स्थापित गर्ने प्रतिबद्ध व्यक्त गरे ।
कार्यक्रममा कर्मचारीहरु लिलाधर वली, ओमप्रसाद पार्दे र उमा रावतलाई पुरस्कृत गरिएको थियो भने पत्रिकाका लेखकहरुलाई सम्मान गरिएको थियो ।