Indrenionline.com

लोककुमारी स्मृति पुरस्कार पत्रकारद्धय पौडेल र बोहरालाई

इन्द्रेणी संवाददाता
दाङ, २४ साउन । नेपाल पत्रकार महासंघ दाङशाखामा स्थापना गरिएको लोककुमारी स्मृति पत्रकारिता पुरस्कार राप्ती समाचार दैनिकमा कार्यरत पत्रकार दिपक बोहरालाई प्रदान गरिएको छ भने प्रेस सेन्टर दाङशाखामा स्थापना गरिएको लोककुमारी स्मृति पत्रकारिता नेपाल पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेललाई प्रदान गरिएको छ ।

स्वर्गीय लोकुमारी रिजालको दोस्रो स्मृति दिवसको अवसरमा आज घोराहीमा कार्यक्रमको आयोजना गरी यी दुई पुरस्कारबाट पत्रकार पौडेल र बोहरालाई सम्मान गरिएको हो । कार्यक्रममा पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले पुरस्कार वितरण गरेका थिए ।

महासंघका उपाध््रयक्ष लिला शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अजयदिप शर्मा, महासंघ दाङशाखाका पूर्वअध्यक्ष एवं सल्लाहकार सुदीप गौतम, सल्लाहकार दुर्गालाल केसी, पत्रकार संगीत वस्याल, पुरण शर्मा स्व. लोककुमारीकी छोरा अर्जुन रिजाललगायतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।