तुलसीपुर, २३ साउन । त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको शैक्षिक सत्र २०७४ को विएस्सी चौथो वर्षको नतिजामा ज्ञानदीप कलेज तुलसीपुरले शतप्रतिशत नतिजा ल्याएको छ ।
दाङ्ग जिल्लामा विज्ञान कलेजका रुपमा पहिलो पटक निजी स्तरबाट सञ्चालनमा आएको कलेजले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको पनि क्याम्पस प्रमुख जिसीले वताए ।
यसैगरी कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार कलेजकी छात्रा शिला पोख्रेलले ३ सय ४२ अर्थात ६८. ४ प्रतिशत अंक ल्याएर जिल्ला उत्कृष्ट समेत भएकी छिन् । “जिल्लामा यति धेरै प्रतिशत ल्याउने कोही नभएकाले हामीले जिल्ला पनि उत्कृष्ट गरेका हौ ” कलेज प्रमुख जिसीले भने । कलेजले स्थापनाकाल देखि नै जिल्लामा उत्कृष्ट नतिजाल ल्याउँदै आएको छ । २०६८ सालमा स्थापना भएको कलेजमा आमसञ्चार तथा पत्रकारिता, विविएस र विएस्सी अध्यापन हुँदै आएको कलेजले जनाएको छ ।