Indrenionline.com

कृतिम तालले बनायो खुरीललो डाँडो हरियाली

गोविन्द खड्का
घोराही २२ साउन । भटट….गड्कीएर पम्पसेटले पानी फालिरहेको थियो । एक पछि अर्को खेतका गरा भरिन्थे र जोतखन हुन्थ्यो । तालको वरीपरिका तनछतनछच अधिकांश खेतहरुमा हरियाली छाई सकेको देखिन्थ्यो । गत हप्ताको खडेरीमा पनि धान जागि सकेको थियो । त्यो सबै उपलब्धीको स्रोत मघै गुलरीयामा निर्मित कृतिम तालको हो ।

‘माथिबाट पानी आकै छैन’ खेत रोपाईमा व्यस्त शान्ति चौधरीले मुसुक्क हाँस्दै भने, ‘कुलो सानो छ, लुटालुट हुन्छ, पुग्दैन ।’ उनका अनुसार ताल नबनेको भए खेति पनि लाग्दैन्थ्यो । यस्तो खडेरीमा धान लगाउन पाउनु ठुलो उपलब्धी हो । स्थानीय सुवास चौधरीका अनुसार मघै गुलरीया ड्याम बनेपछि यस बर्ष समयमै खेत रोप्न सकियो । नत्र बिउ बिग्रिन्थ्यो । खेति पाती हुदैन्थ्यो । ताल बन्नुअघि सार्वजनिक जग्गा हुनुको सन्तुष्टि बाहेक फाइदा थिएन ।

करौती र केहि सिसौ बाहेक लाभदायीक घाँस पात थिएनन् । कतिपयले अतिक्रमण गरेर खेतीपाती गर्थे त्यो पनि उचित लाभ लिन सक्दैन्थे । ओगटेर राख्नका लागि मात्र ऐलानी पर्तिमा हक जमाएका थिए । स्थानीय दिपक चौधरीका अनुसार उनीहरुलाई छोड्न लगाइयो । खुरील्लो डाडोमा ताल बनाउने निर्णय भयो । त्यस क्रममा केही व्यक्तिसँंग रिसवि पनि भयो ।

घोराही उपमहानगरपालिका हुँदै तत्कालिन जिल्ला विकास समितिबाट बजेट व्यवस्था गरिएको ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका चौधरीले जानकारी दिए । उनका अनुसार त्यो थोरै बजेटले खाल्टो र चिरो भाटेर ताल बनाउन थालियो । घोराही उपमहानगरपालिकाको प्राविधिक सहयोगमा अघि बढ्यो । त्यसमा घोराही उपमहानगरपालिकाले लगानी थप्दै लग्यो । अहिले ठुलो ताल निर्माण भएको छ । जति पानी तान्दा पनि मण्डार रित्तीदैन ।

वरपरका खेत तथा बारीमा हरियाली छाएको छ । खाली जमिनमा पनि तालको ओसीपले घारपात मौलाएका छन् । खेतीपाती सप्रिएको छ । सबैभन्दा फाइदा गाई गोरुलाई भएको छ । अध्यक्ष चौधरीका अनुसार गुलरीया, मघै र वयरवटुवा सम्मका लाला बाला हिउदमा पानी खान तालसम्म आइपुग्छन् । सुख्खा क्षेत्र भएकाले अन्त कतै त्यो सुविधा छैन । जग्गा कमाउनेलाई छुटाउन निकै विवाद भएको थियो । अहिले जग्गा खोसिदाको पिडा भुल्ने गरी तालले उपलब्धी दिएको छ । केही समय रिसाएकाहरु पनि अहिले फाइदा देखेर खुशीमा बदलिई सकेका छन् ।

तालको बिचमा थुम्को राखिएको छ । त्यहा केही रुख रोप्ने र मन्दिर बनाउने योजना रहेको समितिले जनाएको छ । त्यति गरेपछि धार्मिक पर्यटकीय स्थल बन्ने विश्वास छ । तालमा माछा हालेर थप लाभ लिने सोच रहेको अध्यक्ष चौधरीको भनाइ छ । हिउ“दोमा तरकारी खेती गर्ने लक्ष्य छ । त्यसका लागि सामुहिक रुपमा पम्पसेट खरीद गरिएको छ । बच्चा पौडी खेल्नगएर डुबे भने मात्रै नत्र बेफाइदा केही छैन । अहिलेसम्म तालले कुनै समस्या ल्याएको छैन । तालै भरीन लाग्यो भने आउटलेट छ, भत्किने पनि खतरा हुँदैन । लामो समय लाभलिन सकिन्छ ।

कृतिम तालको अबधारणा ल्याउन विशेष भुमिका खेल्ने घोराही उपमहानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठले खेतीमा व्यस्त किसानलााई सोधे ‘यो कसले बनाइदिएको हो ?’ उनीहरुले जवाफ दिए, ‘ख्वै थाह पान्नम् । हाम्रो घर यता होइन । खेती लाउन मात्रै आउका हम् ।’ तिनको जवाफ सुनेर ईन्जिनियर श्रेष्ठ हासे । आफुसँंगै ताल नजिक रहेका शाखा अधिकृत सुवोध रेग्मी संग सांकेतिक खुशी साटे । जब कुनै कामले अरुलाई लाभै लाभ दिन्छ तव आफुमा पनि खुशी नै खुशी भित्रिन्छ । माटोको डिल लगाएर कम खर्चमा पानी जोगाउनु पत्यार लाग्दो कुरा थिएन । वातावरणीइ परिक्षण लगाएत भारी भर्कम प्रकृया पुरा नगरी ताल बनाइएको छ । त्यसले पनि सोचेको भन्दा अधिक फाइदा दिएको उपभोक्त बताउछन् । पहिला हुन नदिने भनेर झगडामा नारीनेहरु, वर्षदिनमै वाह् वाही गर्न थाल्छन् ।

त्यस क्षेत्रमा बृहत योजना छ । फुटवल मैदान, क्रिकेट मैदान लगाएतका संरचना पनि निर्माण गरीएका छन् । बहुउपयोग क्षेत्रमा रुखो भुमि बदलिएको छ । खुरील्लो डाँडो रमणिय तालमा परिणत भएको छ । जसले स्थानिय वासिन्दालाई लाभै लाभ दिएको छ । खुशि भित्रिएको छ । त्यस क्षेत्रमा अझै लगानी गरेर सुन्दर र व्यवस्थित बनाउन जरुरी रहेका ईन्जिनियर श्रेष्ठले बताए ।