इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । एक व्यक्तिको हत्या गरी फरार भएका अभियुक्तलाई सात वर्षपछि पक्राउ गरेको छ ।
उनलाई पोखराबाट साउन १७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पछि उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको एसपी दुर्गा सिंहले जानकारी दिएकी छन् ।