इन्द्रेणी संवाददाता
दाङ, १५ साउन । सरकारका क्रियाकलापका सदनमा विरोध गर्दै आएको प्रतिपक्ष दल नेपाली कांग्रेसले आज घोराहीमा प्रर्दशन गरेको छ । केन्द्रीय कार्यक्रमअन्तर्गत काग्रेसले सडकमा प्रर्दशन गरेको हो ।
कोणसभामा बोल्ने वक्ताहरुले अहिलेको सरकारले विभिन्न कर लगाउदै जनतालाई ढाड सेक्ने गरी महंगी बढाएको आरोप लगाए ।
कोणसभालाई संसाद डिल्लीबहादुर चौधरी, नेता राजु खनाल, कमलकिशोर घिमिरे, पूर्व संसद सुशीला चौधरीलगायतले सम्बोधन गरेका थिए ।