गोविन्द खड्का
घोराही १५ साउन । स्कुलमा सम्झाएको कुरा विद्यार्थीसंगै घरसम्म पुग्छ पुग्दैन ? विद्यालयका नियम अनुशासनका बारेमा अभिवावकले जान्छन् जान्दैनन् ? त्यहि बुझ्न लालीगुरा“स माध्यामिक विद्यालय घोराहीका प्रिन्सीपल केशरमान विसीसहितको टिम शनिवार विहान अभिभावक भेट्न उनीहरुको घर आगनमा पुग्यो ।
सहभागिलार्ई विद्यालय पठाउनु अघि अभिवावकले बच्चाका लागि के के गर्नु पर्छ ? भन्ने बारेमा प्रिन्सीपल विसीले जानकारी गराउनुभयो । विद्यालयले दिएको होमवर्क डायरीका बारेमा सोध्दा अभिवावकले अनविज्ञता जनाए । प्रिन्सीपल विसीका अनुसार बच्चाले होमवर्क गरेको डाइरीमा नोट गर्नुपर्छ । त्यसमा अभिवावकले हस्ताक्षार गरिदीनुपर्छ । यो विषय थाहै रहेनछ ।
घरबाट निश्कदा नङकाट्ने, ब्रस गर्ने, कपाल मिलाउने, सफा गरेका कपडा लगाउने र आफ्ना कापि कलम दुरुस्त भए नभएको जा“च गर्ने वातावरण बनाउने अभिवावकको कर्तव्य हो । अधिकांश अभिवावक मजदुरीमा जानुपर्ने भएकाले यो भुमिका निर्वाह गर्न सजिलो छैन । फुर्सद नभएरै चाउचाउ किन्न पैसा दिने गरेको र विद्यालयले जंक फुड रोकेपछि अफ्ठेरो परेको गुणासो गरे । जंक फुडले स्वाथ्यमा दिर्घकालीन असर गर्ने, पोषिलो नहुने र बुद्धिविवेकमा अबरोध गर्छ भनेर प्रिन्सीपलले जवाफ दिएपछि खुशि भए । घरकै खाजा बनाई पठाउने वचन दिए ।
त्यसैगरी मसिनामा पनि अभिवावक संग विद्यालयले छलफल गरेको थियो । उनिहरु पनि जंकफुड नपठाउने, स्वाथ्य सरसफाइमा ध्यान दिने लगाएत विद्यालयका नियम र अनुशासन बारेमा घरमै बसेर जानकारी पाए । विद्यालयको अनुशासन बाहिरको कपाल कैचीले छेक्दीने विद्यालयको नियम छ । आफ्नो क्यान्टीनमा जंकफुड निशेध गरेको छ ।
यस्तै नियमहरुका बारेमा अभिवावकलाई जानकारी गरायो । अल्छी लाग्दा आज होमवर्क दिनुभा होईन भनेर ढा“ट्ने विद्यार्थीको बाटो पनि बन्द गरिदियो । यसरी अभियानलाई व्यापक बनाएर लैजाने प्रिन्सीपल विसिको भनाई छ । अभिवावक भेटघाट र दोहोरो संवादले निकै उत्साहित बनाएको प्रिन्सीपल विसीको भनाई छ । आफ्नो बच्चाको बारेमा घरमै पुगेर चासो राखिदिएपछि अभिवावक पनि खुशि छन् । दुवै स्थानमा टिउसनको व्यवस्था मिलाई थप सुविधा दिने प्रिन्सीपल विसीले जानकारी दिनुभयो । टाढा बाट बच्चा विद्यालय बिहानै आउन नसक्ने भएकाले उतै टिउसन सुविधा दिएपछि झनै खुशि भएको विद्यालयले बताएको छ ।