घोराही, ७ साउन । घोराही उपमहानगरपालिकाले जथाभावी फोहर फाल्ने एक जना व्यवसायीलाई कार्वाही गरेको छ ।
स्थानीयहरुको उजुरीका आधारमा उपमहानगरले फोहर फाल्नेको पहिचान गरी फोहर मैला व्यवस्थापन कार्यबिधी २०७४ को दफा १० को क बमोजिम गल्ती गरेको ठहर भएपछि ३ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
नगर प्रमुख नरुलाल चौधरी, बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, सदस्य सचिब सुवोध रेग्मी सहितका प्रतिनिधीहरुको उपस्थितीमा कार्वाही स्वरुप जरिवाना गरिएको हो । साथै उपमहानगरपालिकाले जथाभावी फोहर नफाल्न र गल्ने नगल्ने फोहरहरुको छुट्टाछुट्टै व्यवस्थानमा सघाउन अपिल समेत गर्दै आएको छ ।