Indrenionline.com

कसले गरेको हो यो नविकरण ?

गोविन्द खड्का
घोराही, १ साउन । एमा नास्ता पसल घोराहीले घोराही उपमहानगरपालिकामा पसल दर्ता गराएको प्रमाणपत्रमा देखिन्छ । उनीहरुले देखाएको प्रमाणपत्रमा २०७५ असारसम्म म्याद हुने गरी नविकरण गरिएको छ । नविकरण दस्तुर दुई हजार दुई सय ८० रुपैया तिरेको उल्लेख गरिएको छ । त्यसको आधिकारीकता छैन ।

नविकरण गर्ने अधिकारीको दस्तखत र अधिकारीको छाप भन्ने कोलुममा खालि राखिएको छ । न कसैको सही (हस्ताक्षर) छ न त छाप नै । त्यसलाई आधिकारीक मानिदैन । होटल सन्चालक डम्फिली बस्नेतले केही दिन अघिको अनुगमन टोलिलाई होटलका कर्मचारीले लेखेको भनेर जवाफ दिए । त्यसकै आधारमा दाड जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले त्यो प्रमाण बुझ्नका लागि लिए । दाड देउखुरी होटल व्यवसायी संघमा जिम्मा लगाइ दिएको अध्यक्ष भुषालको भनाइ छ । त्यसपछि होटल व्यवसायी संघले छानबिन थाल्यो ।

संघका अध्यक्ष रुद्रबहादुर डा“गी, कार्यालय प्रमुख धना डिसी लगायतको टोली होटलमा पुगेर सोधपुछ गरेको थियो । ‘मलाई चिन्नु हुन्छ ? मैले तपाईको प्रमाणपत्रमा लेखेकी हु“ ? भनेर सोधे’ डिसीले भने, ‘उहाले आउन त आउनुभाथ्यो । चाउमिन खानुभयो । पैसा लगेर जानुभयो । मैले विर्सिए“ भन्नुभयो’, उनका अनुसार संघको बदनाम हुने र कर्मचारीको चरित्र हत्या गर्ने कुरा नगर्न होटल सन्चालक बस्नेतलाई आग्रह गरिएको छ । संघका अध्यक्ष डा“गीले ती होटल सञ्चालकले दिएको रकम उपमहानगरपालिकामा राजश्वमा जम्मा भए नभएको एकिन गराउने बताए । उनका अनुसार उपमहानगरपालिकामा भुल गरीएको हुन सक्ने आशंका गरिएको छ ।

दर्ता नविकरण गरेकाले दुःख पाउनु ठिक नभएको दाड जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भुषालको भनाई छ । उहाले सर्बसाधारणलाई दर्ता कसरी गर्ने, छाप कता गएर लगाउने, हस्ताक्षर भएको छकी छैन ? जस्ता कुरामा जानकार नहुने बताए । सबै क्षेत्रका कर्मचारीले सोझा सिदा व्यवसायीको प्रकृया पुरा गरिदिने सवालमा ध्यान दिनुपर्ने धारणा राखे ।

राजश्व असुलेर सहिछाप नगरेको भए उपमहानगरपालिकाको कमजोरी, अरु कसैले जथाभावि लेखिदिएको भए कागज प्रमाण सम्भार नगर्ने होटल सन्चालकको गल्ती र होटल व्यवसयी संघका कर्मचारीले झुक्किएर लेखेको भए उनीहरुले गल्ती गरेको प्रमाणित हुने बताए । खास कुरा खोजेर व्यवसायीलाई दुःख नहुने बातावरण बनाउन सबैसंग अध्यक्ष भुषालले आग्रह गरे । उनले नियमानुसार दर्ता गर्न, कर तिर्न, दर्ताका प्रमाणपत्र देखिने गरी पारदर्शी ढंगले सुरक्षित राख्न व्यवसायीलाई आग्रह गरे ।
नविकरण गर्ने खानामा मिति उल्लेख गरीएको छ । त्यसबाहेक नविकरण गर्ने निकायको सहिछाप कतै छैन । होटल सन्चालकले होटल व्यवसायीका बलबहादुर बस्नेत एमा नास्तापसल ।

त्यसको शुल्क लगे कि लगेनन् त्यसको प्रमाण छैन । ‘हामि नजान्ने मान्छे दिईम लगेर जानुभयो’, डम्फली बस्नेतले भन्नुभयो, उहाले देखाएको प्रमाणमा नविकरण गर्नेले सहि छाप गरेको छैन ।