तुलसीपुर १ साउन । तुलसीपुर ९ मा रहेको जीवन प्रेमी एजुकेयर एकाडेमीका संस्थापक डा.बिरेन्द्रधर पुनको स्मृति दिवस मनाएको छ । मंगलबार एक कार्यक्रम गरी स्मृति दिवस मनाएको हो ।
पुनकै योगदानले गर्दा नै जीवन प्रेमीले अहिले उत्कृष्ठ नतिजा ल्याउन सफल भएको समेत निर्देशक शाहीले बताए । साथै पुनले २०५६ सालमा तुलसीपुरबाट जीवन प्रेमी मेडिकल हल सञ्चालनमा ल्याएर बिरामीहरुको सेवा गरेको बताए । जतिबेला तुलसीपुरमा बिरलै मात्रामा स्वास्थ्य संस्था सञ्चालनमा आएका थिए । त्यस्तो अबस्थामा मेडिकल सञ्चालनमा स्वास्थ्य उपचार पाउने बिरामीहरुको अधिकार प्रत्याभुत गराएको उनको भनाई थियो ।
बिद्यालयका बरिष्ठ सल्लाहकार जनकराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका निर्देशक शाही ठकुरीले पुनको निधनले शिक्षा र स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका थिए । अहिले जीवन प्रेमी एकेडेमीले कक्षा १० सम्म अध्यापन गराउँदै आएको छ ।