तुलसीपुर, २८ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले शिक्षा सुधारका लागि अभिभावकलाई सम्मान गरेको छ । घरमा वालवालिकाहरुलाई पढ्ने वातावरण राम्रो वनाउनुका साथै वालमैत्री व्यवहार गर्ने ९० जना अभिभावकलाई नगदसहित तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले सम्मान गरेका हुन् ।
सिकाइमा सृजनशिलता आवश्यक रहेको भन्दै परम्परागत शिक्षण पद्धतिबाट गुणस्तरिय शिक्षा सम्भव नभएको उनको कथन थियो । वालवालिकाका सामु अभिभावकले सृजनशिल कुरा गर्नुपर्नेमा जोड दिदै पाण्डेले शिक्षकहरुले खाली समयमा देश र नेतालाई गाली गरेका गफ चुटेर वस्नुभन्दा पनि सृजनशिल कुरा गर्नुपर्ने वताए ।
वालवालिकालाई राम्रो व्यवहार गर्ने करिव ४ हजार अभिभावकबाट ९० जनालाई छनोट गरिएको उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विकले वताए ।