असार २७, तुलसीपुर । रोटरी क्लब अफ तुलसीपुर सीटीले आइडिएल इंगलिस सेकेन्डरी स्कुल तुलसीपुरमा रिया धितालको अध्यक्षतामा १५ सदस्यीय इन्ट्रयाक्ट क्लब गठन गरेको छ ।
कार्यक्रम रोटरी क्लब अफ तुलसीपुर सीटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता एवं आइडिएल इंगलिश सेकेन्डरी स्कुलका प्राचार्य रेघु केसीको प्रमुख आतिथ्यतामा भएको थियो ।
यसैबीच रोटरी क्लब अफ तुलसीपुर सीटीले आइडिएल स्कुलमै “फोर वे टेष्ट“ बोर्ड बितरण गरेको थियो ।