Indrenionline.com

निर्माणको क्रममै आकर्षक गिठेपानी ड्याम

गोविन्द खड्का
घोराही, २७ असार । नजिक घर भएकाले आलोपालो गरी दिनमा एक दुईपटक गिठेपानीको ड्याममा चक्कर लगाउने गरेका छन् । दिउसो काममा व्यस्तहुनेहरु पनि सा“झ या विहान एकपटक त ड्यामको डिल सम्म पुगेकै हुन्छन् ।

दुईवटा मुहान बाट आएको पानी संग्लीरहेको छ । बर्षात नहु“दा पनि जंगलबाट निश्केका चिरा बाट पानी बग्छ । त्यसले दिन दिनै पानीको सतह बढिरहेको छ । जब झरी पर्छ त्यसबेला आउने भल पनि त्यसैमा थपिन्छ । अहिल्यै कम्मर सम्म पानी भरिएको स्थानिय गगनपुरा तिराईले जानकारी दिनुभयो । मध्य बर्षात सम्म हेर्नलाएक दह बन्ने समितिका सदस्य भिमबहादुर पुनको भनाई छ ।

निकै चासो दिनुभएका स्थानिय द्रोण बहादुर महरा तालभरिदै गर्दा झन् झन् चकित पर्नुभएको छ । बेमौसमी तरकारी खेतिको प्रयास गर्ने तर, पानीको अभावले असफलता हात लाग्ने महराको नियमितता थियो । यस बर्ष देखि त्यो समस्या टर्ने सिंचाई सुविधा पर्खिएका महराको भनाई छ । बेर्ना उत्पादन गर्ने र बजारमा रहेको महरा एग्रोभेट बाट बिक्रि गर्ने उहाको सपना पुरा हुनेमा विश्वस्त हुनुभएको छ ।

जा“गर चल्नेका लागि भकारी बनेको गिठेपानी टोलविकास संस्थाका अध्यक्ष नमबहादुर खत्रीको भनाई छ । स्थानिवासी खत्रीका अनुसार सानोतिनो बारी हुनेले पनि खेतिपाती गरेर गुजारा चलाउने बातावरण सिर्जना हुने आश बढेको छ । उहाकाअनुसार डिल बाट ठिकै ठिकै देखिएको ताल पश्चिम कुनामा गएर हेर्दा निकै विशाल देखिन्छ । त्यो पोखरी भरियो भने सिंचाई सुविधा प्रशस्त हुन्छ ।

डोजर टिप्परले राति १२ बजेसम्म पनि काम गरेका थिए । समितिका उपाध्यक्ष हिमकला केसीका अनुसार दिन रात खटेर काम आधा उधि बनाईएको छ । ढिक लगाउने र खार्नेकाम सकिएको छ । कति पानी जम्मा हुन्छ । सबै पानी अटाउने हो कि होईन भन्ने अनुमान लगाउन यो र्षात कुर्नुपर्छ ।

योजना छनौट गर्न निक्कै सकस पयो । समितिका सचिव दिनेश वलीका अनुसार केहिको अबरोध पनि थियो । बुझ्दै गएपछि विरोधका श्वरहरु मत्थर हुदै गरे । समाजको विकासका लागि सबैले साथ दिए । अहिले रम्चाउनेहरुको लागि रहरको स्थल बनेको छ । बा“ध नजिकका स्थानिय मनप्रसाद श्रेष्ठको अध्यक्षतामा बनेको समिति निकै मेहनत गरेर सम्पन्न तिर लागेको छ ।

फेसवुकमा फोटाहरु सार्वजनिक भएपछि घोराही उपमहानगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीलाई कौतुहलताले अत्यायो । बिदाको मौका पारी शनिवार पुग्नुभएका रेग्मीले सपना पुरा भएको सन्तुष्टि व्यक्त गर्नुभयो । सम्भाव्यता अध्यनका लागि रेग्मी दुई बर्ष अघि त्यहा“ पुग्नुभएको थियो ।

त्यस क्षेत्रलाई अति उत्तम छनौट गर्ने प्राविधिक विरबहादुर ओलि अझै पुग्न नपाएकोमा चुकचुकाउनुभएको छ । त्यसबेलाको रिपोर्ट र उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थान समिति संयोजक शक्तिराम डागि लगाएतको पहलपछी उपमहानरगापालिकाले २० लाख बजेट विनियोजन गरेको थियो । स्थानिय लालमति जैसी को अध्यक्षतामा लागत सहभागिता जम्मा भयो । समितिका सचिव सुरस बुढाका अनुसार त्यो वजेटको काम भएन । आगामि आर्थिक बर्षमा हुने भनिएको छ । त्यसो भयो भने दुईवटा ताल पर्यटकिय क्षेत्रका लागि पनि उत्तम मानिने छ ।

सानोतिनो बजेटको पोखरी भन्दा बृहत योजनाको ड्याम बनाउन उचित भन्दै घोराही उपमहानगरपालिका प्रबक्ता एवं घोराही १८ का अध्यक्ष भरतमणि अर्यालले बृहत सि“चाई योजनाको ध्यान तान्न सफल हुनुभयो । भौगोलिक अध्ययन, माटो परिक्षण लगाएत प्रकृया पुरा गरी काम अघि बढायो । बृहत दाङ उपत्यका सिचाई डिभिजन कार्यालय प्रमुख मिनप्रसाद ढकालका अनुसार हरा भरा गराउन सकिने सम्भाव्यता देखिएको छ । स्थानियको जा“गर चल्यो भने ड्याम आसपासको क्षेत्र स्वर्ग बन्छ । हि“दको समयमा पनि सिंचाई गर्न सकिन्छ ।

ढकालका अनुसार योजनाअनुसार ओभरहेड टंकि बन्छ । त्यसबाट पाईप विस्तार गरेर निश्चित चेम्बरहरुसम्म लैजान्छ । ठाउ ठाउमा छोडेका पोईन्टहरु बाट आफ्नो पाईप मार्फत खेतबारीसम्म सि“चाई गर्नुपर्ने छ । उन्नत तरकारी खेति, विउविजन उत्पादन लगाएतका विषयमा योजनाले तालिम दिने छ । बातावरण सुन्दर, स्वस्थ शितल बनाउने र उत्पादन बढाउने लक्ष्य छ । ‘आउदो हिउ“दमा सिंचाई हुन्छ । टयाकी बन्छ’ डिई ढकालले भन्नुभयो ‘यो लेवल भएको जंगल सम्म जम्मा हुन्छ । जंगल छिर्न सकेनौ । मोटा मोटि दुई तिन लाख घन मिटर, दुईतिन करोड लिटर पानी जम्मा हुन्छ । हिउदो खेतिलाई प्रशस्त पुग्छ । गहु तोरी चार्न मिल्छ । जा“गर गर्ने मान्छे भए सुन्दर हुन्छ । कत्तिको हुनुहुन्छ ?’ उहाले स्थानियलाई प्रश्न गर्नुभयो ।

खानेपानीको समस्या रहेको गिठेपानी क्षेत्र सुख्खा मौसममा पनि सिंचित बनाउने संरचना बनेपछि निक्कै खुशि भएको छ । गिठेपानी, दिदिबहिनी, खरकटि, मिलि जुली, गाउबेसी लगाएतका टोलमा बस्ने करीब दुईसय पचास घरका बारीहरु सिंचित हुने प्रारम्भिक अनुमान गरीएको छ । आठमिटर उचाई सम्म पानी संकलीत हुने छ । लम्बाई एकिन गर्न नसकिएको बताईएको छ । अहिले हेर्नेहरुको लर्को लागेको छ । भविश्यको मिठो कल्पनाले आकर्षण बढ्दैछ ।