दाङ, २६ असार । दाङको तुलसीपुरमा वसले किचेर मृत्यु भएका व्यक्ति शान्तिनगर गाउँपालिका ३ लक्षिराम बिटालु नभएको बताइएको छ । लक्षिराम सम्पर्कमा आएपछि मृत्यु हुनेमा उनी नभएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगतै लक्षिरामका छोरा धनिराम विकले मृतक व्यक्ति आफ्नो बाबु नै भएको दाबी प्रहरी समक्ष गरेको हुँदा आफुहरुले त्यसैलाई आधार बनाएर सूचना दिएको प्रहरीले जनाएको छ ।
यसैबीच वसले किचेर मृत्यु भएका व्यक्ति रुकुम जिल्लाको खलंगा नगरपालिका वडा नं. ४ निवासी ६७ बर्षीय बलबहादुर खड्का भएको बताइएको छ ।