तुलसीपुर २६ असार । तुलसीपुरको राप्ती ववई क्याम्पस बिजनेश स्कूल अवार्ड २०१८ बाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिद्धारा आयोजित ‘बि’ स्कुल अवार्ड २०७५ मा राप्ती ववई क्याम्पस प्रदेश नम्बर ५ को उत्कृष्ठ हुन सफल भएको हो । त्यस्तै पब्लिक क्याम्पसमा नेपालकै तेस्रो स्थान, एमबीएसमा सातौ स्थान, बिबिएसमा नवौ स्थानमा पर्न सफल भएको छ ।
क्याम्पसको उचित ब्यबस्थापन, प्राध्यापकहरुको लगाब, बिद्यार्थीहरुको मेहेनेतले गर्दा नै उत्कृष्ठ हुन सफल भएको क्याम्पस प्रमुख लक्ष्मण रेग्मीले बताए । उनले आउदा दिनमा क्याम्पसलाई उत्कृष्ठ बनाउने कुरामा प्रतिबद्ध रहने बताए । राप्ती ववई क्याम्पस यस क्षेत्रकै नमुना सामुदायिक क्याम्पस भएकाले यसको शाख जोगाउन सबै सरोकारवाला पक्ष, यहाँका बासिन्दा, अभिभावक, बिद्यार्थीको सहयोग आबश्यक रहेको उनको भनाई छ ।
क्याम्पसबाट उत्पादित जनशक्ति सरकारी तथा गैरसरकारी निकायको उच्च तहमा पुग्न सफल भएको क्याम्पसका एमबिएस कोर्डिनेटर सूर्य शर्माले बताए । ‘क्याम्पसमा प्राध्यापक बिरेन्द्र महरा सरले निशुल्क रुपमा तीन महिने एकाउन्टिङ प्याकेज दिनुहुन्छ’ उनले भने‘यसले गर्दा पनि राप्ती ववई क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुगेको छ ।’
क्याम्पसमा अध्ययनका लागि रुकुम, रोल्पा, सल्यान, प्युठान, सुर्खेतलगायत पहाडि जिल्लाबाट पनि आउने गरेका छन् । पछिल्लो समय सामुदायिक बिद्यालयको शैक्षिक गुण्स्तर खस्कदै गएको अबस्थामा पनि राप्ती बबई क्याम्पसले भने शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै लगेको छ । जसले गर्दा पनि क्याम्पसमा बिद्यार्थीहरुको आकर्षण बढ्दो छ ।