दाङ,२४ असार । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा ० घोराही १३ को पहलमा एक बिपन्न परिवारको घरमा टिनको छानो लगाइएको छ । घोराही उप महानगरपालिका वडा नम्वर १३ निवासी बुध घर्तीको घरमा नेकपाका नेता कार्यकर्ताको आर्थिक तथा जनश्रमदानबाट जस्ता पाता टिन लगाउने कार्य सम्पन्न भएको हो ।
१३ नम्वर वडाका अध्यक्ष रविलाल घर्ती मगर,नेकपाका नेताहरु घनश्याम घिमिरे,तिलक बुडा,प्रेम बुढा लगायतको टोलीले उक्त कार्यको अनुगमन गरेको हो । यस्तै नेकपाकै सहयोगमा सोही ठाउ निवासी बिपन्न ७५ बर्षिय हस्ती घर्तीलाई १ थान त्रिपाल समेत सहयोग गरिएको थियो ।