दाङ २४ असार । घोराही उपमहानगरपालिका वडा नं. १४ का जन प्रतिनिधिहरुलाई सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी घोराही उपमहानगरपालिका वडा नं. १४ ले एक कार्यक्रमको आयोजना गरी जन प्रतिनिधिको सम्मान गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य ‘बिमल’ले सम्मानित हुने सम्पूर्ण जन प्रतिनिधिहरुलाई टिका माला लगाएर सम्मान गरेका थिए । त्यस अबसरमा घोराही वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले आफ्नो टिम निर्वाचित भएपछि वडा नं. १४ मा ३ करोड ९५ लाख रुपैयाँको ल्याई जनताको विकास निर्माणका लागि काम गरेको वताए । अध्यक्ष डाँगीले घोराही सहिद मार्ग अन्तरगत सेवार खोला वारीपारीको सडक कालोपत्रे गर्न समेत सफल भएको वताए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य ‘बिमल’ले स्थानीय जनप्रतिनिधीहरुलाई जनताको सेवामा समर्पित हुन आग्रह गरे । कार्यक्रमको प्रमुख अतिथि आचार्यले वडा नं. १४ लाई नमुना वडाका रुपमा विकास गर्नुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टीका पार्टी सदस्य मेघप्रसाद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व माओवादी केन्द्रका १४ नं. वडा इन्चार्ज दीकुमारी बुढा, वडा सदस्य फुलमती नेपाली, नैना कुमारी चौधरी, लक्षुमन बुढा, गुलाम रसुल, प्रेस सेन्टर दाङका सहसचिव जनक नेपाली, वाई.सि.एल. दाङका अध्यक्ष खगेश्वर घर्ती ‘बादल’ लगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।