तुलसीपुर, २२ असार । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कृषकका घरघरमा कृषि विज्ञको व्यवस्था गर्ने वताएका छन् । उनले किसानलाइ काम गर्नका लागि अनुदान रकम दिने वताउँदै अनुदान रकम दुरुपयोग गर्नेलाई कालो सूचिमा राख्ने वताएका छन् ।
‘हामीकहाँ सवै क्षेत्रमा केही पनि गर्न सकेन भने कृषि पेशामा लाग्नु पर्दछ भन्ने मान्यता रहेको छ तर विकसित देशमा राम्रोसँग पढेर कृषि क्षेत्रका वारमा वुझेर मात्र यो पेशामा लागेका हुन्छन् ’ उनले भने । किसानहरुका समस्या समाधान गर्नका लागि किसानसँग कृषि विज्ञ कार्यक्रम सञ्चालन गर्न लागेको वताउँदै नगरप्रमुख पाण्डेले यो वर्षलाई उपमहानगरले कृषि र पशुपालन वर्षका रुपमा विशेष काम गर्ने पनि वताए ।
व्यावसायिक पशुपालन र कृषिमा लागेकाहरुलाई डिप फ्रिज वितरण गरिने कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले कृषकलाई लक्षित गरेर तुलसीपुरमा कृषि तथा फलफुल वजार निर्माण गर्न लागेको समेत वताए । कार्यक्रममा वोल्दै कृषक नारायण भण्डारीले व्यावसायिक कृषि पेशामा लागेका कृषकलाई उपमहानगरले अनुदान उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । ‘कृषिलाई नै व्यवसाय वनाएकाहरुलाई अनुदान नि सुरु गरेकोमा मलाई निकै खुसी लागेको छ ’ भण्डारीले भने । उनले आधुनिक पशुपालन र खेतिपातीका वारेमा किसानहरुलाई तालिम दिनुपर्ने कुरामा पनि जोड दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गोलौराका किसान चन्द्र वहादुर डाँगीले फ्रि पाएपछि विक्री नभएको दुध संकलन गरेर राख्न सजिलो हुने वताए । ‘मैले १२ वटा गाई पालेको छुँ, कहिलेकाही दुध विक्री नहुँदा त्यसै खेर जान्थ्यो अव संकलन गरेर राख्न सजिलो हुने भयो ’ उनले वताए ।
तुलसीपुर उपमहानगरपालिका १९ की कल्पना थापा मगरले फ्रिज पाएपछि फ्रेस हाउँस सञ्चालन गर्न सजिलो हुने वताइन् । ‘फ्रिज किन्ने पैसा थिएन, फ्रिज नहुँदा पनि विक्री नभएको मासु त्यसै खेर जान्थ्यो ,अव व्यापार राम्रो हुने भयो ’ उनले भनिन् ।
तुलसीपुर उपमहानगरपालिका भित्र विभिन्न पशुपालनसँग सम्वन्धित व्यवसायमा लागेका किसानहरुलाई आठ वटा डिप र दुई वटा लङ्ग गरेर १० वटा फ्रिज वितरण गरिएको पशु सेवा शाखाका प्रमुख सुदाम भट्टले वताए । उनले पशुपालक किसानहरुको घरमै गएर पशु उपचारको सुविधा प्रदान गर्न आगामी वर्षबाट कार्यक्रम सुरु गर्ने समेत वताए । पशुसेवा शाखाका ६० प्रतिशत र किसानको ४० प्रतिशत लगानीमा फ्रिज वितरण गरिएको सुवास आचार्यले वताए ।