इन्द्रेणी संवाददाता
दाङ, २२ असार । नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर पाँचको विस्तारित भेला आज शुक्रवार दाङको घोराहीमा सम्पन्न भएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष वसन्त जोशीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, वुढवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमाल, कुसमा उद्योग वाणिज्य संघ वर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे, नेपाली काँग्रेस क्षेत्र न ३ का सभापति भुपवहादुर डाँगी, सिटीजन लाइफ इन्सोरीयन्सका क्षेत्रीय प्रमुख ध्वजवहादुर खडका नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन लगायतकालेआफ्ना विचार राखेका थिए ।
सो अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघले प्रदेश पदाधिकारी र अतिथिहरुलाई अविर र खादाले स्वागत गरेको थियो । कार्यक्रममा धन्यावाद ज्ञापन वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले गरेका थिए भने कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।