Indrenionline.com

विद्यार्थीलाई लागुऔषध सम्बन्धी सचेत गराइदै

दाङ, २२ असार । घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित मावि झिङ्नी बन्जाडीमा लागु औषध दुब्र्यसनी विरुद्ध कार्यक्रम गरिएको छ । विद्यार्थीहरुलाई लक्षित गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीले लागुऔषध दुब्र्यसन विरुद्ध कार्यक्रम गरेको होे ।

विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थियो । उनले लागुऔषध भनेको के हो ? लागुऔषध दुब्र्यसनमा फस्ने कारणहरु, दुब्र्यसनका लक्षणहरु र यसबाट बच्ने उपायको साथै कानुनी व्यवस्थाका विषयमा जानकारी गराएका थिए ।

लागुऔषधको प्रयोग र कारोबारलाई सरकारले अबैध ठहर्याएको जानकारी दिदै उनले कसुरको आधारमा जन्मकैददेखि २५ लाख रुपैयासम्म जरिवाना रहेको बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आरके शितलको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र प्रहरी निरिक्षक रञ्जन अवाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो र