शरद रेग्मी
असार, २१ दाङ । दाङको तुलसीपुरमा पश्चिम नेपालमै पहिलो आधुनिक फिट्नेस सेन्टर सञ्चालनमा आएको छ । तुलसीपुरमा रहेको होटल वेस्टर्न प्यालेसले जिम खाना अर्थात फिटनेस सेन्टर सञ्चालनमा ल्याएको हो । प्यालेसले बिहिबारदेखि एक्सपोज फिट्नेस सेन्टर सञ्चालनमा ल्याएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष विरु रावतले शरीरलाई स्वस्थ र सन्तुलन तुलसीपुरमा जिमखाना सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए ।
त्यस्तै कार्यक्रममा बिशिष्टि अतिथि चौधरीले मानिस स्वस्थ बन्न शारिरीक क्रियाकलाप अपरिहार्य रहेको बताए । करिब ९१ लाखको लागतमा उक्त जिमखाना सञ्चालनमा आएको सञ्चालक दुर्गा खडकाले जानकारी दिए ।