Indrenionline.com

देउखुरीका विभिन्न क्षेत्रमा ढुवान

दाङ, १८ असार । हिजोदेखि परेको अविरल वर्षातका कारण दाङ देउखुरीका विभिन्न क्षेत्रमा ढुवान भएको छ ।

पूर्व-पश्चिम राजमार्ग आस पासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका छन् । लमही ६ खैरी निवासी सुदन खनालले घरहरुमा पानी पसेको घर भित्रका सामानहरु जोगाउन मुश्किल परेको बताए ।

राप्ती, बबई र अरु नदी तथा खोलाका कारण ठाउँठाउँमा डुबानको खतरा रहेको छ । यसैअनुरुप जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिममा राखिएको छ ।

यसैबीच अविरल रुपमा पानी परेको हुँदा सचेत रहन बबई र राप्ती आसपासका सर्वसाधारणलाई सचेत तुल्याइएको छ । जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाब बढेको हुँदा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सचेत रहन म्यास पठाएको छ ।