शरद रेग्मी
तुलसीपुर, १७ असार १७ । प्रदेश नम्वर ५ को प्रहरी कार्यालयको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । भौतिक संरचनाको अभावमा सानो घरमा कार्यालय राखेर काम गरिरहेको प्रदेश प्रहरी कार्यालयलाई तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको गुल्ममा सारेर कार्यालय व्यवस्थापनका लागि उपमहानगरपालिकाले पहलकदमी लिने भएको हो ।
सो अवसरमा नगरप्रमुख पाण्डेले वडास्तरमा प्रहरी कार्यालय लैजानका लागि पहल गरिदिन प्रहरी प्रमुखलाई आग्रह समेत गरेका थिए । “वडास्तरमा प्रहरी कार्यालय व्यवस्थापनमा सहयोग गर्नुहोस्, संरचना निर्माणमा हामीले सहयोग गर्छाै” नगरप्रमुख पाण्डेले वताए । उनले ट्राफिक व्यवस्थापन फितलो भएको भन्दै ट्राफिकको संख्या थप्नका लागि आग्रह समेत गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिकालाई सुरक्षित र व्यवस्थित वनाउनका लागि उपमहानगरपालिका भित्र सिसि क्यामेरा जडानका वारेमा पनि छलफल भएको थियो । सो अवसरमा प्रदेश प्रहरी प्रमुख वस्नेतले तत्काल कामलाई अगाडि वढाउने वताएका थिए । नगर प्रमुख पाण्डेले प्रदेश प्रहरी कार्यालय रहने स्थल र भवनको अवलोकन गरेर तत्काल कामलाई अगाडि वढाउन निर्देशन समेत दिइसकेका छन् । सो अवसरमा एसएसपि दिलिप क’मार चौधरी, रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, त’लसीप’र उ.म.न.पा. का प्राविधीक टोलीलगायतको सहभागिता रहेको उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले वताएका छन् ।