दिपक बोहरा
दाङ, १७ असार । दाङ तुलसीपुरको एक बिद्यालयका बिद्यार्थीहरुले गर्मी विदाको सदुपयोग गर्दै मुढा बनाउन सिकेका छन् । तुलसीपुरको डिभाईन टेम्पल एकेडेमीमा अध्ययरत बिद्यार्थीहरुले गर्मी विदामा मुढा बनाउन सिकेका हुन् ।
बिद्यार्थीहरुलाई ब्यबसायीक बनाउन पेशा तथा ब्यबसाय भन्ने किताब भएपनि किताबको मात्रै अध्ययन गर्ने गरिने भएकाले उनीहरुलाई ब्यबसायिक ज्ञान दिन तालिमको आयोजना गरिएको उनको भनाइ थियो । पछिल्लो समय बिद्यार्थीहरुमा किताबी ज्ञान हुने तर ब्यबहारिक ज्ञान नहुँदा बेरोजगार हुनुपर्ने समस्या रहेको भन्दै बिद्यार्थीहरुलाई आफ्नो पढाई सकेर बेरोजगार बस्नुपर्ने बाध्यता अन्त्य गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्बाह गर्ने उनको भनाई थियो ।
तालिमले आफुहरुलाई ब्यबसायीक बन्न सिकाएको बिद्यालयकी छात्रा दिया कार्कीले बताईन् । उनले भनिन्‘ स्वरोजगार बन्न किताबी ज्ञान मात्रै नभई ब्यबसायीक ज्ञान हुन आबश्यक रहने रहेछ, भन्ने कुरा थाहा भयो ।’
त्यस्तै अर्का छात्र प्रतिक लामिछानेले तालिम सिकेपछि घरमै आफैले मुढा बनाएर बेच्न सकिने बताए । यस्ता तालिमले बिद्यार्थीहरुमा आत्मनिर्भर बन्न सिकाउने बताए । तालिमको शुक्रबार समापन गरिएको छ ।