उदय बीसी
दाङ, १५ असार । भरखरै आएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजामा त्रुटि देखियो । नतिजा प्रकाशित गरेको राष्ट्रिय परीक्षा वोर्डले केही दिनमै हजारौं विद्यार्थीको नतिजा सच्यायो । नतिजा हेर्न आतुर विद्यार्थीहरुले पहिलो दिन हेरेको नतिजा अर्काे दिन सचिएर आएपछि अन्यौलमा परे ।
घोराही उपमहानगरपालिकाअन्गर्ततको शिक्ष्ााँशाखाले तयार पारेको ग्रेड सिटमा कुनैमा ग्रेड नै उल्लेख गरिएको छैन भने कुनैमा C+ र B = A+, D+ र C+ =A+ गराइएको छ ।
घोराहीस्थित मेचिकाली सेकेन्डरी वोडिङ स्कुलका कक्षा ८ का सबै ग्रेड सिटमा यस्तै त्रुटि रहेको छ । यसले गर्दा स्कुलले विद्यार्थीलाई नै ग्रेड सिट वितरण गर्ने कि नगर्ने अन्यौलमा परेको छ ।
उक्त स्कलबाट कक्षा ८ को परीक्षा दिएका सबै विद्यार्थीको ग्रेड सिट नै त्रुटिपूर्ण रहेको छ । यसको बारेमा वुझना जाँदा घोराही उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय शिक्षा शाखाका प्रमुख नारायण पौडेलले यस्तो त्रुटि धेरै स्कुलको ग्रेड सिटमा भएको बताए ।
केन्द्रबाटै आएको ग्रेड सिट बनाउने सप्टवेयरमा राख्दा यस्तो त्रुटि आएको बनाउदै पौडेलले जिल्लामा यही त्रुटिपूर्ण ग्रेड सिटले काम गर्ने र कोही विदेश जाना चाहेमा शिक्षा शाखाले सच्याईदिने बताए । ‘यस्तो मिस्टेक धेरै स्कुलमा भएको छ, यहाँ यही ग्रेड सिटले काम गरिहाल्छ तर कोही विदेश जान्छु भनेर आएमा हामीले आफै कम्प्युटर टाइप गरेर पनि सच्याइदिन्छौं’, उनले भने ।