Indrenionline.com

तुलसीपुर–अमिलिया सडकखण्ड उच्च जोखिममा

इन्द्रेणी संवाददाता
दाङ, १५ असार । दाङ–नेपालगञ्जको बैकल्पिक मार्गको रुपमा रहेको तुलसीपुर–अमिलिया सडक उच्च जोखिममा रहेको छ । यस वर्षको वर्षायाम शुरु भएसँगै यो सडकमा पहिलो र ढुंगा खस्ने क्रम वढेपछि सडक उच्च जोखिममा रहेको हो ।

सडकको अवस्था दैनिक जिर्ण बन्दै गएको छ । सडकमा पहिलो आउने गरेको छ भने विभिन्न ठाउँमा ठूला ठूला खाल्डा बन्नुका साथै नालाहरु भत्कीएका छन् । सडक साँघुर रहेको र त्यसमा पनि पहिरो आउने र ढुंगा खस्ने क्रम भएकाले यातायात आवागमनमा समस्या भएको यातायात व्यवसयीहरु बताउछन् ।

सडक जिर्ण बन्दै जानु र मर्मत सम्वाहर नपाउदा जोखिम रहेको राप्ती वस व्यवसायी समितिका कल्याणकारी सचिव प्रकाश भट्टले बताए । यता सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले भने उक्त सडक विस्तारका लागि टेण्डर भइसकेको जानकारी दिए ।