दाङ,१३ असार । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ को डवरगाँउमा आज सेनेटरी प्याड निर्माण सम्वन्धि तालिम सम्पन्न भएको छ । वडा कार्यालय र निगरानी समुह सौडियारको संयुक्त आयोजनामा तालिम आयोजना गरिएको हो ।
निगरानी समुहका उपाध्यक्ष लौटन चौधरीको अध्यक्षता तथा वडा नम्वर ७ का वडा अध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यमा भएको तालिममा निगरानी समुहका सदस्य तथा महिला वडा सदस्य सुशिला चौधरी,स्वास्थ्य चौकी सौडियारका अहेव भरत चौधरी,ईन्सेकका जिल्ला सहजकर्ता शालिकराम मुसाफिर लगायतले आफना विचार राखेका थिए ।
्वडा नम्वर ६ र ७ का आमा समुह र बिद्यार्धी गरी २० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका राजकुमार पोख्रेल थिए ।