तुलसीपुर, ८ असार । तुलसीपुर उपमहानगरपालिकाले असार ८ गते नीति तथा कार्यक्रम ल्याउन लागेको छ । नगरप्रमुख घनश्याम पाण्डेले “हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर, खुसी जनता – समृद्ध तुलसीपुर ” भन्ने कुरालाई प्राथमिकतामा राखेर तेस्रो नगर सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । यसपटक नीति तथा कार्यक्रममा सडक, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।
यसैगरी उपमहानगरपालिकाबाट दिइने सेवालाई चुस्त, दुरुस्त, पारदर्शी र प्रविधिमैत्री वनाउनका लागि इ गभर्नेन्सको नीतिलाई अबलम्वन गर्ने कुरालाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।
यसका साथै उपमहानगरपालिकाले । सार्वजनिक सेवालाई प्रभावकारी वनाउनका लागि उपमहानगरपालिकाबाट व्यवसायित साझेदारी गर्ने कुरालाई नीति तथा कार्यक्रममा समावेश गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए । उपमहानगरपालिकाको कार्यालय दिउँसो २ वजे हुने कार्यक्रममा सबैलाई सहभागिताका लागि नगरप्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् ।