Indrenionline.com

प्रतिपक्षले भन्दैमा सभामुख, उपसभामुख परिवर्तन हुँदैन : महरा

इन्द्रेणी संवाददाता
दाङ, ७ असार । सभामुख कृष्णबहादुर महराले प्रतिपक्षले विवाद सिर्जना गर्दैमा सभामुख उपसभामुख परिवर्तन नहुँने बताए । अहिले प्रतिपक्ष दल कांग्रेसले सभामुख र उपसभामुख एउटै पार्टीको हुन पाइदैन भनेर चलाएको वहसको कुनै तुक नभएको भन्दै यसमा भ्रम नपर्न समेत सबैलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ दाङले आज विहीबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटनमा सभामुख महराले सभामुख र उपसभामुको वहस नै औचित्यहिन भएको बताए ।

महराले अर्काे एक छुटटै प्रशंगमा अहिलेको बजेट इतिहाँसकै उत्साजनक भएको दावी गर्दै यसले मुलुकको समृद्धिको गोरेटो निर्माण गर्ने बताए । उनले कुल बजेटको करीव ३७ प्रतिशत प्रदेश सरकारका लागि विनियोजन भएको भन्दै बजेटको प्रगति आउन केही समय लाग्ने समेत बताए । उनले भने, ‘बजेट अत्यन्त उत्साजनक छ, यसको आउटपुट आउँना केही समय लाग्छ ।’

पत्रकार महासंघ दाङका अध्यक्ष सविनि प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव भुपेन्द्र वलीले गरेका थिए ।