Indrenionline.com

असहाय बालबालिकाले जुत्ता र मोजा पाएपछि……..

इन्द्रेणी संवाददाता

तुलसीपुर ३ असार । तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल बिकास नेपालले पालन पोषण गर्दै आएका बालबालिकाहरुलाई जुत्ता सहयोग गरिएको छ ।

दाङ घर भई हाल साउथ कोरियामा रहेकी अम्बिका डाँगीको सहयोगमा त्यहाँ वस्दै आएको २० जना असहाय बालबालिकाहरुलाई आइतवार जुत्ता वितरण गरिएको हो ।
डाँगीका आफन्त रमेश डाँगी, चन्दा डाँगी, ज्याति गुरुङ,जातक डाँगी, जातिका डाँगीले बालबालिकाहरुलाई जुता तथा मोजा वितरण गरेका थिए ।