इन्द्रेणी संवाददाता
दाङ, ३१ जेठ । नेपाल सुनचाँदी व्यवसायी दाङले तीन जना ग्राहकलाई सुनको सिक्का प्रदान गरेको छ । घोराही स्थित विभिन्न सुनचाँँदी पसलबाट सुन खरिद गरे वाफत सुनको सिक्का प्रदान गरेको हो ।
प्रत्येक महिना वम्फर उपहार योजना मार्फत ग्राहकलाई सुनको सिक्का प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष विश्वकार्मले जानकारी दिए । उपहार लिन आउदा ग्राहले अनिवार्य रुपमा सुन खरिद गरेको बिल र अर्धकठ्ठी लाएर १५ दिन भित्र सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।