दाङ, ३१ जेठ । दाङमा नेपाल कम्युनिष्ट पार्टीमा धुब्रीकरण देखिएको छ । यसै अन्तर्गत घोराही उपमहानगरपालिका ८ बुधौरामा माकेका तर्फबाट तत्कालिन वडा सदस्यका उम्मेद्वार सेनापति चौधरीको नेतृत्वमा ३० जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई हिजो साँझ बुधौरामा एक कार्यक्रमको आयोजना स्वागत तथा प्रवेश गराइएको नेकपा दाङले जनाएको छ । उनीहरुले माओवादी केन्द्र एमालेमा विलय भएको कारण असन्तुष्टि व्यक्त गर्दै उक्त पार्टी परित्याग गरिएको घोषणा गरेका छन् । क्रान्तिमा निरन्तर समाहित हुने संकल्पका साथ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिएको समेत जानकारी गराएका छन् ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज सविन पोख्रेल, पार्टीका जिल्ला सेक्रेटरी विक्रम, घोराही नगर इन्चार्ज बिहानी चौधरी लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।