दाङ, ३० जेठ । दाङको भालुबाङमा एक महिलालाई निर्वस्त्र पारी निर्घात कुटपिट गरेको घटनाप्रति अखिल नेपाल महिला संघ क्रान्तिकारी संगठनले घोर भत्सर्ना गर्दै कुटपिटमा संलग्नलाई कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
अस्मितामाथि खेलवाड गर्दै अमानवीय रुपले कुटपिट गरिएको गम्भीर प्रकृतिको घटनालाई पनि प्रहरीले सामान्य रुपमा मिलापत्र गराउनु कमजोरी हुने भन्दै दोषी दुबैजनालाई कडा कारबाहीको माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।