दाङ, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले मुलुक समृद्धिको मार्गमा एक कदम अघि बढिसकेको बताएका छन् ।
‘बिगतका सरकार अस्थिर हुने भएकाले एउटा सरकारले गरेको काम अर्को सरकारले उल्टाउने प्रबृति थियो’उनले भने‘ तर अब पाँच बर्षमा कम्युनिष्टको स्थिर सरकार हुने भएकाले बिकास र समृद्धिको मार्गमा मुलुक अघि बढ्छ ।’