Indrenionline.com

विद्यानीलकण्ठमा प्रयोगशाला उद्घाटन

घोराही, २६ जेठ । शुक्रबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी घोराहीको विद्यानीलकण्ठ माध्यमिक विद्यालयले अत्याधुनिक विज्ञान तथा गणित विषयको प्रयोगशाला उद्घाटन गरेको छ ।

विद्यालयका प्रिन्सिपल गणेश के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहनु भएका व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले प्रयोगशाला उद्घाटन गरे ।

२०४७ सालमा स्थापना भएको विद्यानीलकण्ठमा हाल विज्ञान, मानविकी, शिक्षा र व्यवस्थापन गरी चारवटा संकायका कक्षाहरु सञ्चालनमा रहेका छन् । सो प्रयोगशाला विशेष गरी विज्ञान संकायका कक्षा ११ र १२ का विद्यार्थीहरुको पठनपाठनलाई अझै स्तरीय बनाउने उद्देश्यले स्थापना गरिएको प्रिन्सिपल के.सी.ले बताए ।