Indrenionline.com

आय आर्जनका लागि महिलालाई बाख्रा बितरण

तुलसीपुर १७ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मा महिलाहरुलाई आयआर्जनका लागी बाख्रा बितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका साविक वडा नम्वर ३ को अन्य लक्षित शिर्षकको ६५हजार बजेट बाट श्रीगणेश नागरिक सचेतना केन्द्रका महिलाहरुलाई बाख्रा बितरण गरिएको हो ।

केन्द्रमा रहेका १२ जना अति विपन्न परिवारका महिलाहरुलाई १२ गोटा बाख्रा बितरण गरिएको हो । सो अवसरमा बोल्दै वडा नम्वर ७ का वडा अध्यक्ष टोप बहादुर केसीले बाख्रालाई ब्यवस्थीत तरिकाले पालन गरेर यसबाट मनग्य आम्दामी गर्न आग्रह गर्नुभयो । राम्रो संग हेरचाह गरेर पालन गरे केहि वर्षमा बाख्राबाट धेरै लाभ लिन सक्ने भन्दै यसैबाट आफनो जिविकोपार्जन गर्न सकिने बताए ।

क्रमिक रुपमा सवै महिलाहरुलाई बाख्रा बितरण गरिने भन्दै यसवर्षको बजेट बाट बाख्रा प्राप्त गर्ने महिलाहरुले उदाहरणिय रुपमा बाख्रा पालन गर्न आग्रह गरे । सो अवसरमा कार्यपालिका सदस्य चित्रा मल्ल , वडा सदस्यहरु राम बहादुर जिसी, निराजन केसी, नागरिक सचेतना केन्द्रका संयोजक कृष्णा बिक लगाएतकाले बोलेका थिए ।