गोविन्द खड्का
घोराही, १७ जेठ । संलोपानी बगेको छ । खोलाको किनारामा हरियालीले ढपक्क ढाकेको छ । हेरीरहुँ जस्तो खोलाको क्षेत्र लाग्छ । यही खोला गत फागुनमा फोहरको डूंगुर थियो, अहिले त्यो सुन्दा पत्यार लाग्दैन ।
हिड्नेले घिनमान्ने, बसेर चिसो हावा खान खोज्नेले थपक्क बस्ने ठाउ“ नभेटाउने, नुहाउन धुन जानेले सफा पानी नदेख्ने अबस्था थियो । विद्यार्थीहरुले ति सबै फोहर उठाएपछि खोला सफामा परिणत भएको थियो । त्यसलाई जोगाई राख्न गोरखा टोलविकास संस्थाका पदाधिकारी एवं टोलवासीले वाचा गरेका थिए । बालवालिकाहरुले फोहर संकलन गरीरहेको बेला टोलवासी लज्जीत देखिन्थे ।
‘त्यसबेलाको फोहर देखेर विदेशी बालवालिकाले आश्चर्य व्यक्त गरेका छन’् विद्यालयका आईएसए कोर्डिनेटर शिक्षक वसन्त पुनले भन्नुभयो, ‘त्यो खोलाको फोहर विदेशी विद्यार्थीलाई कल्पना बाहिरको भयो छ ।’ उहाका अनुसार कनेक्टीङ क्लासरुम अन्तर्गत ईन्टरनेट मार्फत धेरै देशका विद्यार्थीले हेर्न पाउ“छन् । सफा गर्नु पुर्व, सफा गर्दै गरेको र सफा गरेपछिको सबै गतिविधिको भिजुयल राखिएको थियो । त्यसमा नौ दश कक्षमा पढ्ने विदेशी विद्यार्थीले यस्तो पनि खोला हुन्छ र ? भन्ने भाव व्यक्त गरेका छन् । जो देशकै लागि लाजमर्दो विषय बनेको छ ।
सफा गरेको खोला महिनौ सम्म दुरुस्त राख्नुलाई सकारात्मक रुपमा लिएको विद्यालयका प्रिन्सीपल मानसिं घर्तिले प्रतिकृया दिनुभयो । उहाले विद्यालयमा गल्ने र नगल्ने फोहर अलग भा“डामा राख्न नसकिएको स्विकार्नुभयो । विद्यालय क्षेत्रभिध ठाउठाउमा डस्टिविन राखिएको छ । त्यसले जथाभावि फाल्ने चलन भने अन्त भएको प्रिन्सीपल घर्तिको भनाई थियो । हजारौको संख्यामा रहेका शिक्षक, कर्मचारी र विद्यार्थीले फोहर व्यवस्थापनमा ध्यान दिएका छन् । बाहिर फाल्दैनन् मिसाउन जान्दैनन् । होष्टेलको सुविधा रहेको विद्यालय क्षेत्रमा जथाभावि फोहर तथा कसिंगर भेट्न सकिन्न ।
एक पटक सफा गरेको ठाउ“ सदाका लागि सफा रहनु भनेको असाध्यै महत्वपुर्ण कुरा मानिएको घोराही १४ का अध्यक्ष शक्तिराम डागिले प्रतिकृया दिनुभयो । उतिबेला खोला सफ ागर्न पुगेका डागिले भर्खरै अनुगमन गरेको बताउनुभयो । उहाले विद्यालयको त्यत्रो जनसंख्यामा गल्ने र नगल्ने फरक भाडामा हाल्ने बानि बसाले ठुलो उपलब्धी हुने उहाको भनाई थियो । विद्यालयका पदेन सदस्य अध्यक्ष डागिले सरसफाइ पहिलो विकासको खुड्कीलाका विकास गर्न खोजेको प्रतिकृया दिनुभयो । फोहर बर्गिकरणका लागि विद्यालय प्रशासन संग छलफल भएको बताउनुभयो । आगामि दिनमा घिनलाग्दो र लाजमर्दो अबस्थाका खोला भेटिन नदिने घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक अध्यक्ष डा“गिको भनाई थियो ।