Indrenionline.com

बन महासंघको स्थापना दिवस मनाउने

दाङ १४ जेठ । सामुदायिक वन घोराही उपमहानगरपालिका स्थानीय महासंघको सोमवार बसेको पहिलो बैठकले जेठ १८ गते बन महासंघको स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

महासंघको २३ औ स्थापना दिवस जिल्ला महासंघसँग समन्वय गरेर घोराहीमा मनाउने निर्णय गरेको हो । स्थानीय महासंघको नियमित मासिक बैठक प्रत्येक महिनाको २ गते बस्ने निर्णय आजको बैठकले गरेको छ ।