Indrenionline.com

अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारणसभा सम्पन्न

घोराही, १२ जेठ । घोराहीस्थित अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौं साधारणसभा शनिवार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष बिष्णुप्रसाद भट्राइको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही १८ का वडा अध्यक्ष भरत अर्यालले खानेपानीको दिगो ब्यवस्थापन गर्नुपर्ने बताए । सरकारी र निजी क्षेत्रबाट गरी त्यस क्षेत्रमा झण्डै दुर्इ सय बिघा जमीनमा ब्यवस्थित बसोबासको योजना रहेकाले यसमा कम्तीमा दश हजार घरघूरीलाई पुग्ने पानीको जोहो अहिलेबाटै गर्नुपर्ने उहाँले बताए ।

कार्यक्रममा समितिका संस्थापक सदस्य नारदमणि पोख्रेल, अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीका प्रध्यानाध्यापक सिता पौडेल, समितिका सल्लाहकार बिष्णु पुन, अम्बिकेश्वरी महिला सामुदायिक वन समूहका अध्यक्ष नारायणी भट्टलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्था स्थापनाकालमा भूमिका निर्वाह गर्ने नारदमणि पोख्रेल, मानबहादुर चौधरी र लोकबहादुर राना तथा मुहान संरक्षणमा भूमिका निर्वाह गर्ने सावित्रा बेल्बासेलाई सम्मान गरिएको छ ।

समितिका कार्यालय ब्यवस्थापक सीमा भट्टराइको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव ध्रुब पौडेलले गरेका थिए । कार्यक्रममा सचिव पौडेल र कोषाध्यक्ष पुष्पा रिजालले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।