Indrenionline.com

टिप्परले स्कुटीलाई ठक्कर दिँदा महिला घाइते

दाङ, ११ जेठ। दाङमा आज विहान टिप्परले स्कुटीलाई ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको तुलसीपुरमा टिप्परले स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक तुलसीपुर ३ दमारगाउँ निवासी टिना केसी घाइते भएकी हुन् ।

तुलसीपुरको जेसीज चौकमा रा १ क ५८३ नम्वरको टिप्परले रा ३ प २५३३ नम्बरको स्कुटीलाई ठक्कर दिएको इलका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । टिप्पर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।