नेपाली साङ्गीतिक आकाशमा असंख्य नक्षेत्रहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । सुगम संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल एक चर्चित काभ्रेली नव प्रतिभा हुन्– रिना थापा मगर ।
काभ्रे कोशिदेखामा जन्मिएर स्थानीय मेला पर्वमा कम्मर मर्काउन सुरु गरेकी रिनालाई के पत्ता भोलि गएर आफू राष्ट्रिय तथा अन्तराष्ट्रिय रंगमन्चमा पुगेर लाखौ दर्शकको माझमा आकर्षक नृत्य पस्कन सक्छु भनेर। तर लगातारको साधना पछि उनि आज आम दर्शकहरुको प्रिय कलाकार बनेकिछिन र प्रत्यक नेपाली हरुको टेलिभिजनमा दैनिक प्राय देखिन्छिन उनि ।
समय बित्न कति लाग्दो रहेछ र हिजो कोशिदेखाको एक सानो घरको चेली भएर जन्मिएकी रिना अहिले देशकै चेली भइसकेकी छिन् । तर यहाँ सम्म आइपुग्दा उनले निकै हण्डर खानुपरेको छ भने निरन्तर कठोर साधना पनि गरेकी छिन रिनाले । निरन्तर कठोर साधना पछि अहिले नृत्य विधामा जमेर लागेकी रिनाले हिमाल घलेको “बेशिवेल घारी”, राधिका हमालको “वटौलिमा माँया वस्यो”, मुना थापाको “मनै खाने रैछौ तिम्रो रुप” लगाएत करिब साठ्ठी भन्दा धेरै चिर्चित तथा लोकप्रिय गितहरुको म्युजिक भिडियोहरुमा आफ्नो दमदार प्रस्तुती पस्केर आम दर्शकहरुको मन जित्न सफल भएकी छिन ।
नृत्यका लागि विभिन्न तालिम तथा प्रशिक्षण लिएकी रिना नृत्यमा गहिरो लगावका कारण उनले नेशनल टेलिभिजनको प्रतिभाको आँगनमा विजेता मात्र हैन नृत्य प्रतियोगिताको निर्णायक, कल्चरल , डान्स गेस्ट डान्स लगाएतका अनुभव समेत गरि सकेकी छिन् । वि.ए. सम्म औपचारिक शिक्षा लिएकी रिनाले जीवनको २३ औँ वसन्त सम्म पनि अविवाहित रहेर आफुलाई यसै क्षेत्रमा सिद्दहस्त गरेकी छिन । विभिन्न राष्ट्रिय तथा स्थानिय पुरस्कार तथा सम्मान थाप्न सफल रिनाले नेपाली साङ्गीतिक क्षेत्रमा पाउदै गरेको सफलताले शिखर चुमोस हाम्रो शुभकामना ।