दाङ,१० जेठ । दाङका एक व्यक्ति जुगाँ पाले बाफत तलव खाने गरेका छन् । उनले १२ बर्षदेखि जुगाँ पालेर पैसा कमाउदै आएका छन् । सिस्ने गाउपालिका–६ रुकुमकोट रुकुम निवासी हाल घोराही उपमहानगरपालिका–१५ बस्ने कालिबहादुर बुढाथोकीले जुगाँ पालेर १२ बर्षदेखि मासिक तलव बुझदै आएका छन् ।
२०६२ सालदेखि आफुले नियमित रुपमा जुंगा पालेबाफत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए । सुरु ५० रुपैयावाट मलाई पैसा दिन सुरु गर्नुभएको हो अहिले दुई सय ५० रुपैया मासिक उपलव्ध गराउदै आउनुभएको बुढाथोकीले भने । बुढाथोकी सिटायर नेपाली सेना हुन । उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहदा २०५७ सालतिर पनि मासिक एक सय रुपैया जुगाँको तवल खाने गरेको थिए ।
अहिले बैङकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफु बाच्दासम्म प्रत्यक बर्ष थोरे भएपनि वृद्धि गर्दै जुगाँको लागि पैसा दिईरहने बताएका छन् । भण्डारीले बुधवार बुढाथोकीलाई बैङकमा भेटर ५ हजार रुपैया प्रदान गरेका थिए ।