तुलसीपुर, ७ जेठ । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले उद्यमशिलताको योजना वनाउँन थालेका छन् । निर्वाचनका समयमा वेरोजगारहरुलाई रोजगार दिने र विदेश पलायन भएको युवाशक्तिलाई स्वदेशमै रोक्ने प्रतिवद्धता व्यक्त गरेका जनप्रतिनिधिहरुले युवाहरुलाई लक्षित गरे उद्यमशिलताको विकास गर्ने योजना वनाउन थालेका हुन् । उनीहरुले चार वर्ष भित्रमा एक घर एक उद्यमीको अवधारणालाई मुर्तता दिनका लागि योजना वनाइरहेका छन् ।
यसैविच औपचारिक कार्यक्रमको आयोजना गरेर गोष्ठीको उद्घाटन गरिको थियो । कार्यक्रममा वोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्यमको विकास विना देशको विकास नहुने कुरा वताएका थिए । उनले दिगो विकासको लक्ष्यलाई केन्द्रमा राखेर उद्यमशिलताको विकास गर्नुपर्ने कुरामा जोड दिए । “उद्यमशिलताको चेतना र जागरणले मात्रै देशको विका र समृद्धि हुन्छ ” नगरप्रमुख पाण्डेले वताए । उनले आगामी ५ वर्ष भित्रमा तुलसीपुर उपमहानगरपालिकाका १० हजार व्यक्तिलाई रोजगार दिन सकियो भने मात्रै समृद्धिको सपना पुरा हुने वताए ।
कार्यक्रममा वोल्दै प्रमुख उद्योग अधिकृत वासुदेव रिजालले उद्यमशिलताको वारेमा आम युवालाई जानकारी गराउनुका साथै लगानीको वातावरण पनि स्थानीय सरकारले गर्नुपर्ने कुरामा जोड दिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले उद्यमशिलताको विकासले वेरोजगारी अन्त्य हुने वताए । उनले विकासका लागि उद्यमशिलता नै मुख्य विकल्प भएको समेत वताए । उद्घाटन कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले गरेका थिए ।
योजना वनाउन समिति
उद्यमशिलताको योजना वनाउनका लागि समिति समेत वनाइएको छ । विभिन्न विज्ञहरुको सहयोगमा समितिले योजना निर्माण गर्नेछ । वडा नम्वर १८ का वडाध्यक्ष माधव वलीको संयोजकत्वमा ५ सदस्यिय योजना निर्माण समिति वनाइएको छ । समितिका सदस्यहरुमा वडा नम्वर १५ का वडाध्यक्ष पर्शुनारायण चौधरी, कार्यपालिका सदस्य जानका रेग्मी, वित्तिय अधिकृत ललित घर्ति र तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री रहेका छन् ।