दाङ, ४ जेठ । दाङको तुलसीपुर–७ खर्चवाबाट प्रहरीले ठूलो मात्रामा चोरीका सामानहरु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले विभिन्न चारवटा घरमा लुकाएर राखेको अवस्थामा लाखौ रकम बराबरको जिन्सी सामान वरामद गरेको हो ।