इन्द्रेणी संवाददाता
दाङ, २१ बैशाख । सरकारले यातायातका साधनमा भइरहेको सिण्डिकेटको अन्त्य गर्न लागि परेका वेदा दाङमा केही यातायात प्रालिले यातायत बन्दको आह्वान गरेका छन् भने केहीले यसमा आफूहरुको कुनै पनि संलग्नता नभएको बताएका छन् ।
उनीहरुले विहीबार नै विज्ञप्ती जारी गरी आफूहरु स्वतन्त्र रुपमा सेवा ग्राहीलाई सेवा दिन तत्पर भएको बन्दै बन्दमा आफूहरुको समर्थन नभएको जनाएका छन् । यी प्रालिहरुले आफ्ना गाडीहरु नियमित रुपमा सञ्चालन गर्ने समेत जनाएका छन् । त्यसका लागि सुरक्षित वातावरण बनाइदिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।