नारायणपुर, २० वैशाख । तेस्रो नारायणपुर कप जिल्ला स्तरिय फुटबल प्रतियोगिता यही वैशाख २९ गतेदेखि नारायणपुरमा हुने भएको छ । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो ।
टिम दर्ताकालागि ३५ सय रुपैया शुल्क रहेको र प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो लाई नगद १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष वलीले बताए ।
प्रतियोगिताकालागि समितिहरु गठन गरेर जिम्मेवारी दिइएको छ । जसमा डि.एन.दाहाललाई खेल संयोजक अनिलकुमार बस्नेतलाई आर्थिक संयोजक, प्रेमबहादुर पालीलाई खेल मैदान व्यवस्थापन संयोजक, विनोद विकलाई अतिथि सत्कार समिति संयोजक, भुवन वली प्रचारप्रसार समिति संयोजक, रामकृष्ण बस्नेत प्राथमीक उपचार संयोजक, चन्द्र नेपाली स्वयंमसेवक संयोजक र दोर्ण योगी यातायात व्यवस्थापन संयोजक रहेको समितिहरु गठन गरिएको छ ।