तुलसीपुर १९ बैशाख । अखिल नेपाल यातायात मजदुर संघ तुलसीपुर कमिटि गठन गरिएको छ । अन्तराष्ट्रिय मजदुर दिवसको दिन मंगलबार तुलसीपुरमा भएको भेलाले नयाँ कमिटि गठन गरेको हो । देबिभक्त डिसी( दिपक)को अध्यक्षतामा ७ सदस्यीय नगरकमिटि गठन गरिएको हो ।
जसको उपाध्यक्षमा चित्र बहादुर जिसी, सचिबमा बिनय शर्मा, कोषाध्यक्षमा टेकराज केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उतमचन्द देवकोटा,निर्मल चौधरी, छोटकला चौधरीलाई चयन गरिएको छ ।
त्यस अबशरमा अध्यक्ष डिसीले यातायात ब्यबसायीका हक अधिकारका लागि जस्तोसुकै कदम चाल्न पनि तयार हुने बताए । मजदुहरुका आवाज कुनै पनि निकायले सुनुवाई नगर्ने गरेको भन्दै उनले अब मजदुरहरुका हक अधिकारका लागि डटेर लड्ने समेत बताए ।
