गणेश ओली
दाङ, १६ बैशाख । जघन्य अपराधको रुपमा रहेको वलात्कारका घटनाहरु जिल्लामा बढ्दै गएका छन् । त्यसमा पनि धेरै जसो छोरीहरु आफन्त, छिमेकी र चिनेजानेका मान्छेहरुवाटै वलत्कार हुने गरेको पाइएको छ ।
आफन्त र छिमेकीवाटै खतरा
विभिन्न स्थानमा भएका वलत्कारका घटना हेर्दा धेरैजसो आफन्त, छिमेकी र नातागोतावाटै महिला तथा वालवालिकाहरु बलत्कृत हुने गरेको पाइएको छ । ‘वलत्कार का घटनाको प्रकृति हेर्दा धेरै जसो चिनेजानेका, नातागाोता र आफन्तवाटै हुने गरेको पाइएको छ यो दुखद हो, सागरले भने, ‘यसले हाम्रो समााज कता गइरहेकोछ ? भन्ने देखाउँछ ।’
आपराधीहरुले आफन्तहरुलाई नै तारो बनाउन थालेपछि छोरीचेलीको अवस्था झन खतरामा रहेको देखाउँछ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पनि अधिकांश बलात्कारका घटना परिचित व्यक्तिबाट हुने गरेका छन् । आर्थिक वर्ष ०६९÷०७० मा छिमेकीबाट १, अपरिचित व्यक्तिबाट ३, परिचितबाट ७ र साथीबाट ४ गरी जम्मा १५ वटा जवरजस्ती करणीका घटना भएका थिए ।
त्यसैगरी आर्थिक वर्ष ०७०÷०७१ मा छिमेकीबाट २, अपरिचित ४, परिचितबाट १२ र साथीबाट ४ गरी जम्मा २२ वटा करणी भएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७१÷०७२ मा छिमेकीबाट २ अपरिचित व्यक्तिबाट ३, परी चित १३, साथीबाट ६ र भाइबाट १ गरी जम्मा २५ वटा करणी भएका छन् । यसरी न पछिल्ला दुई वर्षमा भएका बलत्कारका घटना पनि छिमेकी, चिनजान र आफन्तवाटै धेरै भएको पाइएको छ ।
कतै सामुहिक बलात्कारा कतै वालवालिका शिकार
गएको एक वर्षमा मात्रै ५ ओटा सामुहिक बलत्कारका घटना भएका थिए भने पछिल्ले एक महिनामा मात्रै ५ जना वालिका बलत्कारको शिकार भएको तथ्याङ्क बाहिर सार्वजनिक भएको छ । यसैगरी कति वालिकाहरु छिमेकी तथा साथि वालकवाट पनि वलतकृत हुने गरेको पाइएको छ । समाजमा राम्रो शिक्षा र सुरक्षा नदिने हो भने सवैका वालवालिका जोखिममा रहेको इन्सेक प्रतिनिधी जेएनले वताए । उमेर नपुगेका वालकहरुले वलत्कार गरेको घटनामा मुद्दा नलाग्ने, कतिपय मुद्धा वालविज्याइको रुपमा मिलापत्र हुने र कति आफन्तले नै गुपचुप रख्ने गरेको पनि पाइएको छ ।
अभियुक्त नाबालकलाई कार ावासको सजाय कानुनी रुपमा बन्देज रहेकाले बाल सुधार गृहमा राख्ने गरिन्छ । वलत्कारका मुद्दा सरकार वादी हुन्छ वलत्कार जन्य घटना सर कारवादी मुद्दा रहेकाले प्रहरीको अनुसन्धान र प्रमाण पेशका आधारमा मुद्दा प्रक्रिया अघि वढ्ने गर्दछ । यसो गर्दा पीडितका लागि राहत भए पनिकतिपय अवस्थामा मुद्दा फितलो बनाउने गरिएको पनि पीडितहरुको गुनासो छ ।
पूरा प्रमाण पेश नगरिदिने, पेश भएका प्रमाण हराएर जेल सजाय कम बनाउने प्रयास पनि हुने गरेको उनीहरुले बताए । प्रहरीले बलत्कार भए नभएको एकीन प्रमाण सहित ७० दिन सम्ममा अदालतमा घटनाको विस्तृत वुझन पाउने व्यावस्था रहेको छ । वलत्कार गरे नगरेको भए नभएको भनि प्रमाण जुटाउन ढिला हुने, सो अवधिमा अभियुक्त फरार हुने, पीडितलाई पीडक, अफन्त, गाउँका भद्रभलादमी लगाएतका विभिन्न व्यक्तिवाट आश्वशन तथा धम्की आउने, मुद्दा दर्ता गर्न रोक लगाउने, वयान परि वर्तन गर्न लगाउने लगाएतका समस्याले पीडित झन पिडित हुदै गएको र पीडितले समयमा नै न्याय पाउन नसकेको पनि सर ोकारवालाहरु बताउँछन् ।जनउभारबाट